दफा ४२९
शेषपछि हक हुने गरी हस्तान्तरण गरेको सम्पत्तिको दाखिल खारेज

(१) कसैले आफ्नो शेषपछि हक हुने गरी कुनै व्यक्तिलाई आफ्नो सम्पत्ति हस्तान्तरण गरेकोमा र त्यसरी सम्पत्तिहस्तान्तरण गर्ने व्यक्तिको मृत्यु भएमा निजको मृत्यु भएको मितिले छ महिनाभित्र सम्पत्ति पाउने व्यक्तिलेत्यस्तो सम्पत्ति आफ्नो नाममा दाखिल खारेज गराउनको लागि मृत्यु दर्ताको प्रमाणपत्र लगायतका अन्य प्रमाण सहितसम्बन्धित कार्यालयमा निवेदन दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम कुनै निवेदन परेमा सम्बन्धित कार्यालयले पनि आफूकहाँ रहेको लिखत हेरी त्यस्तो लिखत गरिदिनेमानिसको मृत्यु भए वा नभएको र त्यस्तो लिखत बदर भए वा नभएको सम्बन्धमा आवश्यक जाँचबुझ गर्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम जाँचबुझ गर्दा सम्पत्ति हस्तान्तरण गर्ने व्यक्तिको मृत्यु भएको र निजले लिखत बदर गराएकोनदेखिएमा निवेदन परेको मितिले पन्ध्र दिनभित्र निवेदन दिने व्यक्तिको नाममा त्यस्तो सम्पत्ति दाखिल खारेजगरिदिनु पर्नेछ ।
(४) उपदफा (१) बमोजिमको म्याद नघाई कुनै व्यक्तिले दाखिल खारेज गर्न कार्यालयमा निवेदन दिएमा कार्यालयले निजलाईम्याद नाघेको प्रत्येक वर्षको लागि पाँच सय रूपैयाँका दरले दस्तुर लिई त्यस्तो लिखत बमोजिम त्यस्तो सम्पत्तिनिजको नाममा दाखिल खारेज गरिदिनु पर्नेछ ।